पाेखरा । नेपाल कम्युनिष्ट पार्टीका दुई स्थानीय नेतालाई आज बिहानै प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दुईस्थानीय नेतासँगै ८ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो।
बन्दलाई सफल बनाउनका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका थिए । एकाविहानै नेकपाका कार्यकर्ता छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएको कास्की जिल्ला ईञ्चार्ज उमा भूजेलले जानकारी दिइन् ।
कास्की जिल्ला ईञ्चार्ज भूजेलले पक्राउ परेका नेताहरुलाई तत्कालै रिहाईको माग गर्दै प्रहरी दमन र हस्तक्षेप तत्काल रोक्न र आमजनताको पक्षमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह पनि गरेकी छन्।
बन्दको पूर्वसन्ध्यामा हिजो सोमबार २९ गते साँझ नेकपाले देशभर मसाल जुलुस प्रदर्शन गरेको थियो ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन