बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प

बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प

lockdown newroad pokhara banda

फाइल तस्वीरः खिम लामिछाने

पोखरा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।

बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए ।

नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

पोखरामा बिहानैदेखि बन्दको प्रभाव छ । बजार बन्द छ। सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ