मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

fire_mugu

मुगु । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

गमगढी बजारमा राति १२ बजेतिर शुरु भएको आगलागीबाट २१ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन ।

जोडिएका घरहरुमा एकपछि अर्को गर्दै आगो सल्किएको थियो । आगो फैलन नदिन एउटा घर भत्काईएको छ । साँघुरो र बाक्लो बजारमा रातिको समयमा आगो लागेको र आगो निभाउने साधन नहुँदा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । आगो थप घरमा फैलिनबाट रोक्ने कोशिस भईरहेको जिल्ला प्रशासनले जनाएको छ । आगगालीबाट ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ