घरबाटै गाँजा बेच्ने गरेका काहुँडाँडाका गोविन्द खत्री पक्राउ

घरबाटै गाँजा बेच्ने गरेका काहुँडाँडाका गोविन्द खत्री पक्राउ

pokhara-ganja-1

पाेखरामा घरमा अवैध लागुऔषध गाँजा राखेर बिक्रिवितरण गरेकाे अभियाेगमा आइतबार साँझ एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

कास्कीकाे पोखरा ११ काहुँडाँडाका ५८ वर्षीय गोविन्द खत्री ३ के.जी. सुकेको अवैध लागुऔषध गाँजासहित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

पाेखरा काहुँडाँडास्थित खत्रीको घरमा अवैध लागुऔषध गाँजा संचय गरी बिक्रिवितरण र ओसारपसार समेत गर्ने गरेकाे भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार पाेखराबाट प्रहरी टाेली खटिएकाे थियाे ।

काहुँडाँडाकाे शिवालयचोकस्थित खत्रीको घर खानतलासी गर्दा ३ के.जी. सुकेको अवैध लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ