बारले भन्यो– प्रधानन्यायाधीश जबरासँग वार्ता गर्दैनौँ

बारले भन्यो– प्रधानन्यायाधीश जबरासँग वार्ता गर्दैनौँ

bar_protest

काठमाडौँ । नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज सोमबार बसेको बार एशोसियशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताएका थिए । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताए ।

‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ, बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उभिएका जबरासँग वार्ता हुँदैन’, श्रेष्ठले भने, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं ।’

उनले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै राजीनामा मात्रै विकल्प भएको बताए ।

दुई सातादेखि सर्वाेच्च अदालत र आइतबारदेखि देशभरका न्यायालयमा बारले धर्ना दिइरहेको छ । प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने नेपाल बारले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ