प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक गेटबाट सर्वोच्चभित्र प्रवेश

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक गेटबाट सर्वोच्चभित्र प्रवेश

Cholendra samsher jabara

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन् । उनीहरुले गएको शुक्रबार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।

शुक्रबार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै प्रवेश गरेका हुन् ।

यसैबीच बारले धर्ना र प्रदर्शन गरेका बेला प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds