प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन् । सेन्टरको पोखरामा शनिबार सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको बरिस्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी चयन भए ।
खुला सचिवमा कास्कीका सुनिल पाण्डे, कास्कीका सुवास अम्गाईं, कास्कीका सविन जिसी, महिला सचिवमा कास्कीका सुशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित भए ।
समितिको खुला सदस्यहरुमा गण्डक न्यूजका राजकिरण छत्कुली, आश क्रोम्चे तमु, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा चयन सर्वसम्मत चयन भए ।
त्यस्तै, महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन भएका छन् ।
बचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेलाई प्रेस जगतले खबरदारी गर्नुपर्छः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेहरु प्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने,यहाँ वचनले लोकतन्त्रको मीठा मीठा कुरा गर्छन् तर कर्मले प्रतिगमन गर्नेहरु छन् । त्यसबिरुद्ध प्रेस सेन्टरसहित सम्पूर्ण प्रेस जगतले भण्डाफोर गर्नुपर्छ’–उनले भने ।
उनले आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारबिरुद्ध प्रेसले भण्डाफोरी गर्दै जनपक्षीय पत्रकारिता गर्नुपर्ने औंल्याए । उनले भने,‘मैले नै अत्याचार गरेँ वा भ्रष्टाचार गरेँ भनेपनि भण्डाफोर गर्नका लागि म अपिल गर्दछु ।’
सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उनले भने,“सकारात्मक कुराहरुलाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्रका विरुद्धका कार्यमा समेत तपाईहरु बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।”
भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्न समेत अपिल गरे। समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै मन्त्री शर्माले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनता सहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरुमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्न समेत सुझाव दिए । लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उनले अनलाइन सञ्चार माध्यमको मुल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलव्ध गराइने बताए ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारहरुले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्र गण्डकीका सचिव देवेन्द्र पराजुली, प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, प्रेस सेन्टरका प्रदेश इन्चार्ज एवं पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस चौतारी गण्डकीका संयोजक सुष्मा पौडेल, समाजवादी प्रेस संगठनका नेता एवं पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, सहसंयोजक दीपक श्रेष्ठ, प्रदेशका नेता सन्तोष गौतम लगायतले संवैधानिक व्यवस्था अनुसार प्रेसलाई स्वतन्त्रता दिन माग गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टरका संस्थापक एवं पूर्व अध्यक्षद्धय लोकप्रसाद(एलपी)बञ्जारा र त्रिभुवन पौडेललाई जनपक्षिय पत्रकारिता र सङ्गठनको वृत्ति विकासमा योगदान पु¥याएकामा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो ।
सम्बन्धित खबर
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर