पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।
शनिबार मध्यराति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -१२ चापापानी स्थित नविन गौचनको घरमा तास खेलिरहेका छ जनालाई ठूलो रकमसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार उक्त स्थानमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई अठार लाख पचहत्तर हजार पाँच सय तीस रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं -३ घर भइ हाल पोखरा -१२ चापापानी बस्ने ३२ वर्षीय नविन गौचन, पोखरा – १२ फुलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा – १२ माटेपानी बस्ने ३८ वर्षीय सुर्य गुरुङ, दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं -८ घर भइ पोखरा – २६ बिजयपुर बस्ने ३५ वर्षीय खम्ब सिंह राना, कास्की मोदी गाउँपालिका वडा नं -१० घर भइ हाल पोखरा -१३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा – १९ घर भइ हाल पोखरा – १६ दिप बस्दै आएका ३५ वर्षीय श्याम श्रेष्ठ छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले उक्त स्थानमा जुवा खेल्नकै लागि सिसिटिभी जडान गरी संगठित रुपमा जुवा खेल्ने खेलाउने गरेको प्रवक्ता हमालले बताए। पक्राउ परेका उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने