पत्रकारलाई माधव नेपालले भने– ‘रक्सी खाएको थाहा पाएँ भने राम्रो मान्दिनँ’

पत्रकारलाई माधव नेपालले भने– ‘रक्सी खाएको थाहा पाएँ भने राम्रो मान्दिनँ’

Madhab-Nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूनिकट पत्रकारहरूलाई रक्सी खाने बानी छाड्न निर्देशन दिएका छन्।

समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए।

‘तपाईहरूमा पनि पाँचतारे होटेल धाउनुपर्ने, रक्सी नखाई निद्रै नपर्ने भएको छैन होला।’ उनले भने, ‘त्यस्तो नहोस् पनि। मैले थाहा पाएँ भने म राम्रो मान्दिनँ।’

पार्टी नेताहरु समेत होटलमा छिरेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको भन्दै नेता तथा पत्रकार सबैलाई रक्सी खाने बानी छोड्न आग्रह गरे ।

अध्यक्ष नेपालले राम्रो आचरण विकास गर्न तथा लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds