काठमाडौँ । नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आज (शनिबार)देखि सुरू हुँदैछन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु हुने भएका हुन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ ।
क्रियाशील सदस्यता वितरण विवादले यसअघि १३ जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन ।
आज पनि पर्सा, सर्लाही र रसुवामा अधिवेशन नहुने समितिले जनाएको छ ।
समितिका अनुसार शनिबार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुँदैछ । त्यस्तै शनिबार नै सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।
कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने हिमाली १३ जिल्लामा जिल्ला अधिवेशनन सम्पन्न भइसकेको छ ।
कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ