नेकपा एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै

नेकपा एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै

UML-mahadhibeshan-Logo

काठमाडौँ । नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ ।

देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाइएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उदघाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम हुनेछ ।

महाधिवेशनले पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ । जसले आगामी ५ वर्ष एमालेको नेतृत्व गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds