पेट्रोलियम पद्धार्थमा गरेको मूल्य वृद्धिको विरोधमा पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पद्धार्थमा गरेको मूल्य वृद्धिको विरोधमा पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

putla dahan

पोखरा । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार बिहान पृथ्वीनारायण क्याम्पस परिसरमा अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मन्त्रीहरूको अभिव्यक्ति तथा महँगीको विरोधमा प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।

अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलको नेतृत्वमा कास्कीका अनेरास्ववियु कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।

संयोजक पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसहित मन्त्रीको अभिव्यक्ति र महँगीले जनता मारमा परेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन र पुत्ला दहन गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ