पोखरा । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई दिइने भएको छ ।
।
अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो खोप मुटुको शल्यक्रिया गराएका र औषधि प्रयोग गरिरहेका, मिर्गाैला फेरेका, डायलासिस गराइरहेका वा औषधि सेवन गरिरहेका, क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भएर डाक्टरको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएकाहरूले पाउने मन्त्रालयले जनाएको छ ।
खोप केन्द्रहरु:
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर गरी ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
यस्तै प्रदेश १ मा मेची प्रादेशिक अस्पताल भद्रपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, प्रदेश २ मा गजेन्द्र नारायणसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज, नारायणी प्रादेशिक अस्पताल वीरगञ्ज र जनकपुर प्रादेशिक अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
वाग्मती प्रदेशमा वीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर र धुलिखेल अस्पतालमा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरी अस्पताल बाग्लुङमा खोप पाइनेछ ।
त्यस्तै लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगञ्जमा, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल अमरगढीमा फाइजर खोप उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो