धादिङ । धादिङको कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै साँघुरो घुम्तीमा दुई वटा बस ठोक्किँदा ३५ जना घाइते भएका छन् ।
धादिङबेंसीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नंको बस र काठमाडौँबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना ७ ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ