टुंगियो ७७ वटै जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद

टुंगियो ७७ वटै जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद

kangresh

काठमाडौँ । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।

बुधबार रौतहटको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यमा देखिएको विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो ।

महाधिवेशनको पक्रिया सुरु भए पनि ७७ वटै जिल्लाको सदस्यता विवाद मिल्न सकेको थिएन। जसका कारण विवादित जिल्लाका नेता–कार्यकर्ता आन्दोलित बनेका थिए। क्रियाशील सदस्यता विवाद ढिलोगरी समाधान भएका जिल्लामा कात्तिक २७ देखि महाधिवेशनका कार्यक्रम सुरु हुनेछन्।

यसअघि ६४ जिल्लामा वडा अधिवेशन भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds