थप ३९० जनामा संक्रमण पुष्टि, ५ को मृत्यु

थप ३९० जनामा संक्रमण पुष्टि, ५ को मृत्यु

Corona update 3

पछिल्लो २४ घन्टामा देशभरका ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा २६०६ पिसिआर र २४२० एन्टिजेन गरी कूल ५०२६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ४२५ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा पाँच जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ७६५४ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds