न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुनी व्यवस्था लागू

न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुनी व्यवस्था लागू

law-sarbochch-kanun

काठमाडौँ । न्युजिल्यान्डमा इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ। अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको हो ।

यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन् । यी देशमा मृत्युमा सहयोग गर्नेबारे छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने जनाइएको छ ।

न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएको थियो ।

इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्यान्डमा लामो समयदेखि बहस जारी थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds