श्रद्धा, निष्ठा र लोकआस्थाको रुपमा परिचित छठ पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । सूर्य र उनकी देवी उषालाई छठी मैयाँको रुपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ भएको बताइन्छ ।
तिहार सकिएसँगै तराई र भित्रीमधेशका वासिन्दाहरु छठको तयारीमा व्यस्त हुन थालेका छन् । पाँच दिनसम्म निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले माछा र कोदो खाँदैनन् । आजको दिनलाई माछामरुवा बार्ने दिन भनिन्छ ।
पर्वको दोस्रो दिन खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको सेतो घोलले भुईं सजाएर ब्रतालुहरु दिनभरि व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गरेर मात्र उक्त खीलाई प्रसादको रुपमा ग्रहण गर्छन् ।
तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर विभिन्न खालका गुलिया परिकार बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्तीलाई ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यले लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुप्याउँछन् ।
सूर्यलाई अर्घ दिने ब्रतालुले भने ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्छन् । परिवारको सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वलाई निष्ठा र कठोर पर्वका रूपमा समेत लिइन्छ ।
छठलाई तराइको मिथिला क्षेत्रमा लोकआस्थाको महापर्व मानिन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा छठको तयारी शुरु भएको छ ।
जनकपुरका पोखरीहरुलाई सजाउने कार्य शुरु भएको छ । त्यहाँका रामायणकालीन पोखरीहरु धनुषसागर, गंगासागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ पर्व मनाइन्छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
धर्म, अध्यात्म र साधना असल संस्कार र संस्कृतिका निर्माताः प्रदेश प्रमुख भट्ट
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै
आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै
आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो