काठमाडौं : करिब २० महिनादेखि अन्योलमा रहेको कोरिया रोजगारी खुल्ने भएको छ। कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (इपिएस) बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको छ।
कोरिया सरकारले केही दिनअगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको छ।
यता नेपालबाट भने ‘कमिटेड’ कामदार लिइरहेको छ। कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख सुरेश राउतले बताए। १० कात्तिकमा पहिलो चरणमा कमिटेड ४८ जना कामदार कोरिया गइसकेका छन्।
इपिएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। नेपालबाट करिब १० हजार कामदार कोरिया जाने पर्खाइमा छन्। पहिलो चरणमा ४८ जना पठाइएको छ। अब ७१ जनालाई एकै चरणमा पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए।
विश्वभर फैलिएको कोरोनाका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो। कोरोेना फैलिएसँगै कोरियाले खोप, क्वारेन्टाइनलगायत बन्देज लगाउँदै आएको थियो।
कमिटेड कामदार पठाएसँगै कोरिया सरकारको मागअनुसार इपिएस पास गरेर बसेकालाई पठाउने विभागको तयारी छ। ‘दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी भएको छ,’ उनले भने ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो