सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस आज बिहान ११ बजेतिर कपुरकोटको खारखोलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा १० जना महिला र २ जना पुरुष रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६की वर्ष ६० की कलादेवी बुढाथोकी, वर्ष ६५ की गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ की साबित्रा केसी छन् ।
यस्तै शारदा नगरपालिका १२ की ५३ की प्रभा चलाउने, वडा नं २ की ६५ की मीना डाँगी, ३ की ६६ की लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ की मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ की रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा, शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको बताए । उनका अनुसार सामान्य घाइते भएका १० को जिल्ला अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ ।
खलंगाबाट तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रु चढाइएका कारण दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार बस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । बसमा ४० भन्दा बढी यात्रु सवार थिए । बस चालक भने फरार छन् ।
सम्बन्धित खबर
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो