देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको मृत्यु, ८ घाइते

देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको मृत्यु, ८ घाइते

hetauda_accident

हेटौंडा । मकवानपुरको हेटौंडामा देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

गएराती हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ३० ००१ ख ०९३६ नम्बरको बसले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेका स्थानीयको समूहलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट हेटौँडा–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र २ जनाको चितवन मेडिकल कलेजमा उपचार गरी डिस्चार्ज भएका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि स्थानीयले बसमा आगो लगाईदिएका छन् भने आगो निभाउन गएको दमकलमा पनि तोडफोडको प्रयास भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds