सियरा लियोनमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ९४ जनाको मृत्यु

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ९४ जनाको मृत्यु

accident

काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा एउटा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ९४ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् ।

उक्त ट्यांकर अर्को लरीसँग ठोक्किएपछि बिस्फोट भएको थियो । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो।

ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ