झण्डै २ बर्षदेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

झण्डै २ बर्षदेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

eps-korea

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै २ बर्ष देखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिर देखि खुल्ने भएको छ ।

महामारीका कारण कामदार लान बन्द गरेको दक्षिण कोरियाले आगामी महिना नोभेम्बर अर्थात् मंसिर दोस्रो साता देखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु गरिने भएको हो ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो ।

नेपालबाट मात्र हरेक वर्ष ५ हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds