तारा एयरले सुरु गर्‍यो पोखरा–नेपालगञ्ज चार्टर्ड उडान

तारा एयरले सुरु गर्‍यो पोखरा–नेपालगञ्ज चार्टर्ड उडान

Tara-Air-660×330

पोखरा। यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पोखरा–नेपालगञ्ज चार्टर्ड उडान सुरु गरेको छ।

साताको तीन दिन उडान गर्ने गरी शुक्रबारदेखि पोखरा–नेपालगञ्ज चार्टर्ड उडान सुरु गरेको हो।

तारा एयरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर्ड उडान गर्ने बताएको छ।

तारा एयरको जहाजबाट प्रादेशिक चार्टर्ड उडान सुरु गरिएको जनाउँदै कम्पनीले चाँडै नै अन्य गन्तव्यमा नियमित प्रादेशिक उडान गर्ने योजना बनाएको छ।

हाललाई नन सेडुल प्रादेशिक उडान सुरु गरेको कम्पनीले सेडुल प्राप्त हुनासाथ नियमित उडान गर्ने जनाएको छ।

तारा एयरका चार वटा जहाजमध्ये हाल दुईवटा जहाज पोखरा र नेपालगञ्ज बेस रही उडान गर्दै आएको छ।

पोखरा–नेपालगञ्ज चार्टर्ड उडानका लागि न्यूनतम भाडादर ७ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds