ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

Gas-Blast

सांकेतिक फोटो

पोखरा । ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ललितपुर उपमहानगरपालिका वडा नम्बर १२ पाटनको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा म्ह पूजा गरिरहेका बेला दियोबाट आगालागी सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् ।

आगलागीमा परी मृत्यु हुनेमा घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी ३५ वर्षीय छोरी अञ्जना ताम्राकार, ३५ वर्षकी बुहारी रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकार रहेको प्रहरीले जनाएको छ ।

छोरा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी छोरी सिर्जना ताम्राकार घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ