नेकपा एमालेका सचिव याेगेश भट्टराई अहिले पूर्व नेता माधवकुमार नेपाल र उनकाे पार्टी नेकपा एकीकृत समाजवादी विरूद्ध चर्काे अालाेचनामा उत्रिएका छन् । पहिले माधव पक्षमा रहँदा अध्यक्ष केपी शर्मा वलीले बैगुनी केटाे भनेका थिए । अहिले याेगेशलाई एमाले बाहेकका दलका कार्यकर्ताले बैगुनी केटाे भन्दै सत्ताेसराप गरिरहेकाे सामाजिक सञ्जालमा भेटिन्छन् ।
विगतमा माधवकुमार नेपालको पक्षमा रहेकामध्ये योगेश भट्टराई मात्र त्यस्ता नेता हुन् जसले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । उनले प्रचार विभागको जिम्मेवारी पाएसागै १०औं महाधिवेशन पूर्व सार्वजनिक रुपमा बोल्न थालेका छन् ।
भट्टराईले माधवकुमार नेपालविरुद्ध समेत आक्रामक अभिव्यक्ति दिएका छन् । जसमध्ये एउटामा उनले नेकपा एसको नाम नलिई माधव नेपालको दल अवैध सम्बन्धबाट जन्मिएकाले निम्तो नदिने बताए । यसको निकै आलोचना भएको थियो । भट्टराईले त्यसपछि खुट्टामा हानेको टाउकोमा लागेको बताए ।
नेकपा एमाले विभाजनपूर्व नै भट्टराई अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका थिए । उनले माधव नेपाल समूहमा बैठक बसेपनि साथ दिइरहेका थिएनन् ।
अहिले भट्टराई महाधिवेशन नजिकिदै गर्दा माधव नेपालविरुद्ध आक्रामक बन्नुमा फेरि महत्वपूर्ण पदमा स्थान पक्का गर्नु हो । एमालेभित्र ओलीको एकल वर्चश्व जस्तै छ । उनले चाहेको व्यक्ति मात्र पदाधिकारी हुन सक्ने परिस्थिति छ ।
नवौं महाधिवेशनमा सचिव निर्वाचित भट्टराईले त्योभन्दा माथिको पद दाबी गर्ने निश्चित छ । उनी उपमहासचिव वा महासचिवका दाबेदार हुन् । उपाध्यक्षमा जाने सम्भावना पनि छ । तर, त्यसका लागि ओलीको ग्रीन सिग्नल अनिवार्य छ । त्यसका लागि पनि उनलाई खुशी पार्न भट्टराई कडा अभिव्यक्ति दिन थालेका छन् ।
माधव नेपालको साथ छाडेकामध्ये भीम रावल, अष्टलक्ष्मी शाक्य ओलीको आलोचना गरिरहेका छन् । युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, रघुजी पन्त, भीम आचार्यलगायत नेताहरु मौन जस्तै छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते