प्रधानमन्त्री देउवाले गरे शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री देउवाले गरे शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

pm_deuwa

nlntk’/, !( sflQsM /fli6«o lje”lt zªvw/ ;fVjfsf] k|ltdfdf km”ndfnf ck{0f k|wfgdGqL z]/axfb’/ b]pjf nlntk’/sf] kf6gdf z’qmaf/ cfof]lht g]kfn ;Dat !!$@ sf cj;/df /fli6«o lje”lt zªvw/ ;fVjfsf] k|ltdfdf km”ndfnf ck{0f ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा शालिकमा माल्यार्पण गरेका छन् ।

नेपाल संवत् ११४२ को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गरे । प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए ।

साथै देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिए । सो अवसारमा प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको सुरुवात पनि गरे ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds