प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी छिट्टै पारित हुने बताएका छन्। कोप-२६ मा सहभागी भएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी छिट्टै पारित हुने बताएका हुन्।
कोप-२६ का क्रममा भेट हुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यस विषयमा जिज्ञासा राखेको उनले बताए। “अमेरिकी राष्ट्रपति बाइडेनले एमसीसी के हुन्छ भनेर सोध्नु भएको थियो,” प्रधानमन्त्री देउवाले भने, “एमसीसी छिट्टै पारित गर्छौं भनेको छु।”
राष्ट्रपति बाइडेनले संसद् अधिवेशन अन्त्य गरेको विषयमा समेत जिज्ञासा राखेको देउवाले सुनाए। “एमसीसीका कारणले नभइ हाम्रो आन्तरिक कारणले संसद् अधिवेशन अन्त्य गरिएको हो, महत्वपूर्ण अध्यादेश ल्याउनु पर्ने भएकाले संसद् अधिवेशन अन्त्य गरिएको विषयमा पनि जानकारी गराएँ,” देउवाले भने।
यससँगै कोप-२६ का क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आपसी सहयोगका विषयमा छलफल भएको बताए। निर्माणाधीन लुम्बिनी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भारतीय हवाइ स्पेस प्रयोगका विषयमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको देउवाको भनाइ थियो।
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उनले बताए। त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि आफूलाई भारत भ्रमणमा आउन आग्रह गरेको देउवाले बताए।
एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय रहने बताए। “गठबन्धन पूरै समय जान्छ। गठबन्धनलाई कुनै किसिमको शंका नगर्नु भए हुन्छ,” देउवाले भने।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते