नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) मा बसेका १० नेतालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
बिहीबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको ढोका खुला रहेको बताए। उनले एमालेमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
उपाध्यक्ष भीम रावललगायत नेपाल पक्षका १० नेता अन्तिम समयमा एमालेमै बसेका थिए। उनीहरू अहिले पनि १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अब १० बुँदेको अर्थ नरहेको बताउँदै आएका छन्।
त्यसैलाई इंगित गर्दै नेपालले एमाले दबिएर नबस्न १० नेतालाई आग्रह गरेका हुन्। “एमालेमा बसेर पछुताइरहनुभएको छ, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ। त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको?,” नेपालले भने, “एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन। आउनोस्, १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।”
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संघीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने बताए। “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन। सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ,” नेपालले भने, “आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रिय सभाको चुनाव हुन्छ। रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ।”
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते