अन्तिम समयमा माधव कुमार नेपाललाई छाडेर एमालेमै बसेका पार्टीका सचिव योगेशकुमार भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबारे बुधबार गरेको टिप्पणीमा भइरहेको आलोचनाप्रति कटाक्ष गरेका छन्।
एमालेको १० औँ महाधिवेशन प्रचारबारे बुधबार पत्रकार सम्मेलनमा बताउने क्रममा योगेशले नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धपछि जन्मिएको सन्तान भनेका थिए। त्यसैलाई लिएर नेपालका कार्यकर्ता र उनका विरोधीलेसमेत आलोचना गरिरहेका बेला उनले जवाफ फर्काएका हुन्।
योगेशले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले घुँडामा मात्रै हाने पनि टाउकैमा लागेर मित्रहरु बर्बराउन थालेको भनेका छन्।’घुँडामुनि हानेको त टाउको मै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त!’, उनले बिहीबार बिहान भनेका छन्।
योगेशले नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औँ महाविधेशनमा अतिथिका रूपमा नबोलाउने बताएका थिए।
एमाले महाधिवशेनमा माधव नेपाललाई बोलाउने कि नबोलाउने भनेर पत्रकारले जिज्ञासा राख्दा भट्टराईले ‘अवैधानिक’, ‘पहिचान स्पष्ट नभएका’ पार्टीलाई नबोलाइने बताएका थिए।
‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्’, उनले भनेका थिए, ‘अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागी गराइरहनु पर्दैन। अरू राजनीतिक दलहरू सहभागी हुन्छन्।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते