एमाले कास्कीको सबै पालिकामा नयाँ नेतृत्व चुनियो, माछापुच्छ्रेमा विक्रम गुरुङ

एमाले कास्कीको सबै पालिकामा नयाँ नेतृत्व चुनियो, माछापुच्छ्रेमा विक्रम गुरुङ

ml machh

नेकपा एमालेको कास्कीका सबै पालिका तहमा नयाँ नेतृत्व चुनिएको छ । बाँकी रहेको माछापुच्छ«े गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ ।

माछापुच्छ्रे गाउँपालिका कमिटी को अध्यक्षमा बिक्रम गुरुङ चुनिएका छन् । उपाध्यक्षमा केशवराज पोखरेल, सचिवमा दुर्गा बहादुर क्षेत्री, उपसचिवमा राधा अधिकारी र बलराम अधिकारी चयन भएका छन् ।

पोखरा महानगर कमिटि अध्यक्षमा दिलिप न्यौपाने, मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा र रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भइसकेका छन् ।

पोखरा २१ को पनि टुंगियो

पोखरा महानगरको वडा नं. २१ मा मंगलबार मात्रै नेतृत्व चयन गर्न सफल भएको छ । राजेन्द्र थापा अध्यक्ष बनेका छन् । पोखरा २१ को उपाध्यक्षमा खगराज न्यौपाने, सचिवमा रोशन भट्टराई, उपसचिवद्वयमा राजेन्द्र पौडेल र रमा आचार्य चयन भएका छन् ।

यससँगै कास्कीको सबै पालिका र वडामा अधिवेशनले नयाँ कमिटि सर्वसम्मत चयन गरेको छ ।

पोखरा महानगरसहित कास्कीका ४ पालिकामा एमालेको सर्वसम्मत कमिटि बन्यो, माछापुच्छ्रेको बाँकी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ