पोखरा । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार सम्पन्न प्रेस सेन्टरको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको होे । दवाडी पत्रकार महासंघ कास्कीका कोषाध्यक्षसमेत हुन् ।
समितिको उपाध्यक्षमा दिनानाथ बराल र शोभा बराल (महिला), सचिवमा पुष्पराज दाहाल, सह–सचिवमा, सुरेशराज अधिकारी, सविना राना थापामगर (जनजाति),कोषाध्यक्षमा शुशिला क्षेत्री राई निर्वाचित भएका छन् ।
सदस्यमा लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री (सिलाश केसी), विवेक भण्डारी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी निर्वाचित भएका हुन् ।

प्रेस सेन्टरले स्थानिय तहमा पनि संयोजक तोकेको छ । अध्यक्षमा आकांक्षी देखिएका शिवराज बस्ताकोटी (शिव दाइ) पोखरा महानगरको संयोजक बनाइएको छ । अन्नपूर्ण गाउँपालिकामा श्रीभद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमायाँ पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन भएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, श्रीभद्र पौडेल, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएका छन् ।
यसअघि, अधिवेशनको उद्घाटन शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने