यमपञ्चकको आज दोस्रो दिनः काग र कुकुर तिहार मनाइँदै

यमपञ्चकको आज दोस्रो दिनः काग र कुकुर तिहार मनाइँदै

tihar

पोखरा । यमपञ्चक अर्थात् तिहारको आज दोस्रो दिन ।

यस वर्ष यमदीपदान हिजोदेखि सुरु भए पनि काग र कुकुर तिहार भने आज एकै दिन परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार तिथिको घटबढका कारण यो वर्ष यस्तो भएको हो ।

यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन कागपूजा गरिन्छ ।

आज बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि परेकाले यस समयभित्र काग तिहार मनाइएको छ । कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ ।

आजै इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । आज बिहान सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि आज नै गर्नु पर्ने समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds