प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

rajendra rai

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ।

राईले चार पार्टीबाट एक÷एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन्।

जसमा कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बन्ने छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds