काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् ।
स्कटल्याण्डको ग्लास्गोमा जारी सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा आज हस्ताक्षर गर्ने भएका हुन् ।
अमेजन जंगल क्षेत्रको ठूलो हिस्सा फडानी भएको ब्राजिललगायतका देशहरुले उक्त सहमतिमा हस्ताक्षर गर्ने जनाइएको छ ।
सहमतिमा हस्ताक्षर गर्ने देशहरुले विश्वको ८५ प्रतिशत भन्दा बढी वनक्षेत्र ओगट्ने छन् । सहमतिलाई सम्मेलनको महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।
विश्वभर जंगल फडानीको क्रम तीब्र भइरहँदा अमेजनको जंगल फडानीले जलवायु परिवर्तनको गतिलाई तीब्र बनाएको ठहर गर्ने गरिएको छ । सहमतिमा फडानी भएका वन क्षेत्रको पुनस्थापनाका लागि थप वित्तिय सहयोग र लगानीको बाचा समेत गरिने भएको छ ।
त्यसैगरी २८ वटा देशले खाद्यान्न उत्पादन, चरी चरन र ब्यापारका लागि वनको फडानी नगर्ने सहमति पनि भएका छन् ।
यसअघि हिजो सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका थिए ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की