पोखराको नहरचोकमा जुवातास खेल्दै गरेका ६ जना डेढ लाख बढी नगदसहित पक्राउ

पोखराको नहरचोकमा जुवातास खेल्दै गरेका ६ जना डेढ लाख बढी नगदसहित पक्राउ

arrested

पोखराको नहर चोकबाट प्रहरीले ६ जुवाडेलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -१४ नहरचोक स्थित टिनले छाएको ब्लकको कोठामा जुवा तास खेलिरहेका ६ जनालाई नगदसहित पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

जुवातास खेलाउने गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले भारतको बिहार मोतिहारी घर भइ हाल उक्त स्थानमा जग्गा भाडामा लिएर बनाएको ईम्ताजया आलमको ब्लकको कोठामा जुवातास खेल्दै गरेका उनीहरुलाई नगदसहित आइतबार साँझ पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ५६ हजार ३१९ वरामद गरेको छ।  पक्राउ परेका उनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ