परीक्षणदर घट्दै जाँदा गण्डकीमा संक्रमण पुष्टि हुनेको संख्यामा कमी, सोमबार २३ संक्रमित थपिए

परीक्षणदर घट्दै जाँदा गण्डकीमा संक्रमण पुष्टि हुनेको संख्यामा कमी, सोमबार २३ संक्रमित थपिए

Gandaki covid corona 2

गण्डकीमा पछिल्ल्ला दिनमा नमुना परीक्षणको दर घटेसँगै दिनहुँ संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको छ। विशेष गरी कास्कीको पोखरामा कोरोना संक्रमणको फैलावट अपेक्षित रुपमा घटिनसकेको भएपनि नमुना संकलन उल्लेख्य रुपमा हुन सकेको छैन। जसका कारण दिनहुँ संक्रमण पुष्टि हुनेको संख्यामा कमी आएको देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३२ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना र नवलपुरका पनि एक जना छन्।

यस्तै, स्याङ्गजाका आठ जना र म्याग्दी जिल्लाका एक जनामामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ३४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ४२८ पुगेको छ। अहिले प्रदेशभर ५२५ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -२६ निवासी ५६ वर्षीय पुरुष छन्।

योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३९६ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds