पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -३० गगनगौंडा पावरहाउस चोकमा गरेको चेकजाँचमा लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा -१० रामबजार बस्ने २१ वर्षीय सुरज बि.क अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका -३ बस्ने १८ वर्षीय कमल सुनार र रुपन्देही जिल्ला सैनामैना नगरपालिका -८ बस्ने २० वर्षीय बिक्रम बि.क रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई खानतलासी गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट डाईजापाम -१९ एम्पुल, ब्रुफिनुर्फिन – १९ एम्पुल, फेनेरागन – २० एम्पुल गरी जम्मा ५८ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि लागु औषध मुद्धामा जिल्ला अदालत कास्कीमा १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ