पोखरा । चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो ।
उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
अभियान युथ क्लबको आयोजनामा पोखरा ५ मालेमाटन स्थित बाराही खेल मैदानमा भएको फाइनल खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र २५–१७ को सेटमा हराउँदै उपाधी चुमेको हो ।
फाइनल अघि शनिबार नै भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही मा.वि. तथा पोखरा टप्सले शान्ता बलिबल टे«निङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको उत्कृत्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भए । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भए । विधागत उत्कृष्ट सबैले ट्रफि हात पारे । प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो ।
विजेता बन्न सफल टिमले पाँचौ संस्करणको प्रतियोगितामा स्वत: राखिने र सहभागिताका लागि कुनै शुल्न नलाग्ने प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते