यू–२३ एसियन कप छनोटमा आज नेपाल र लेबनान खेल्दै

यू–२३ एसियन कप छनोटमा आज नेपाल र लेबनान खेल्दै

football

काठमाडौँ । ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग खेल्दैछ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

नेपाल र लेबनान यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

अङ्कविहीन नेपाल अङ्कतालिकामा पुछारमा छ ।

लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ ।

यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।

समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनीको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनीको एसियन कपमा छनोट हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ