काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा करोडौँको सामान प्रयोग गरेको भन्ने भनाइप्रति खण्डन गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौँको सामान खरिद भएको बताएका थिए ।
उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’ तर एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे ।
शनिबार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।
‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’अघि भने, ‘प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुप¥यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो? ‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौँको भाँडाकुँडा किन चाहियो?’ ओलीले भने ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो