पोखरा । पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् ।
अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ । शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मट्टिखानले २५–१३, २५–१९, १९–२५ र २५–११ को सेटमा हराएको हो । तेस्रो खेलमा पोखरा टप्सले कृस्ती युवा मिलन मञ्चलाई २५–२०, २५–२० र २५–२० कै सेटमा हरायो ।
अन्तिम तथा चौथो खेलमा बाराही मा.वि.ले नव शिर्जनशील युवा क्लबलाई २५–१८, २५–१७ र २५–१७ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल सहित फाइनल खेल हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल शान्ता भलिबल टे«निङ सेन्टर र पोखरा टप्सबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मट्टिखान युवा क्लब र बाराही मा.वि.बिच हुनेछ ।
प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफि रहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते