प्रधानन्यायाधीशलाई पाँच दिनभित्र राजीनामा दिन नेपाल बारको अल्टिमेटम

प्रधानन्यायाधीशलाई पाँच दिनभित्र राजीनामा दिन नेपाल बारको अल्टिमेटम

bar-press-realese

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई पदबाट राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको छ । बारले राणाको राजीनामा माग गर्दै दबावमुलक आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

शुक्रबार बसेको बार कार्यसमिति बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न जोडदार माग गरेको छ। शुक्रबारै एक विज्ञप्ति जारी गर्दै बारले आफ्ना निर्णयहरू सार्वजनिक गरेको छ।

उक्त बैठकले कात्तिक १४ देखि १७ गतेसम्म कालोपट्टि बाँधेर विरोध गर्ने, १६ र १७ गते धर्ना दिने र त्यो बेलासम्म पनि प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन घोषणा गर्ने निर्णय गरेको छ।

उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम घोषणा गर्ने बारले चेतावनी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds