एएफसी यू–२३ छनोटः नेपाल ताजिकिस्तानसँग ६–० गोलले पराजित

एएफसी यू–२३ छनोटः नेपाल ताजिकिस्तानसँग ६–० गोलले पराजित

football

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो ।
ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोट समूह चरणबाटै बाहिरिएको छ ।

ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक/एक गोल गरे ।

छनोटको समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

जितसँगै समूह ’बी’ को ताजिकिस्तानले २ खेलमा ६ अंक जोडेको छ । ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।

नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ