भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

rajdut

बाँयाबाट क्रमश: डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री

काठमाडौँ । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा प्रा. श्रीधर खत्रीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।

यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने, सुनकोसी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय पनि गरेको जनाइएको छ ।

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय समेत गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका भारत, बेलायत र अमेरिकाका राजदूतलाई हालै फिर्ता बोलाएको थियो । भारतमा निलाम्बर आचार्य, बेलायतमा लोकदर्शन रेग्मी र अमेरिकामा डा. युवराज खतिवडा राजदूत थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ