संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

cabinet deuba

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार मध्यराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।

प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेको हो।

आज बसेको प्रतिनिधि सभा कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरूद्ध गर्दै आएको छ।

पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले प्रतिनिधि सभा बैठक अवरूद्ध गर्दै आएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds