पोखराको चोर साँघुबाट १२० एम्पुल लागु औषधसहित स्याङ्गजाका देवेन्द्र पक्राउ

पोखराको चोर साँघुबाट १२० एम्पुल लागु औषधसहित स्याङ्गजाका देवेन्द्र पक्राउ

247182210_236771461778702_4295797288539074691_n

पोखराको चोर साँघुबाट अवैध लागु औषधसहित युवक पक्राउ परेका छन्।

स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका वडा नं -७ मनकामना घर भइ हाल पोखरा महानगरपालिका -१५ चोर साँघु बस्दै आएका २७ वर्षीय देवेन्द्र बि.क अवैध लागु औषधसहित पक्राउ परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

पोखरामा लागु औषधको कारोवार भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीको टोलीले बिकको साथबाट बुप्रिनर्फिन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र फेनरागन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागु औषध र मोवाइल एक थान वरामद गरेको हो।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ