विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ। आजको बैठकमा विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह भने सहभागी थिएन।
बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले उक्त दस्तावेज पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मिश्रले केही दिनअघि स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।
आजको बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।
बैठकले पार्टीलाई अब तुरून्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रुपमा अघि बढ्ने निर्णय पनि गरेको छ ।’
पार्टीका अध्यक्ष मिश्रले २१ साउन २०७८ मा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज सार्वजनिक गरेसँगै पार्टीमा वैचारिक ध्रुवीकरण देखिएको थियो । मिश्रको दस्तावेज आएको ८ दिनपछि संयोजक मिलन पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले अध्यक्ष ‘उल्टो बाटो हिँडेको’ भन्दै काउन्टर प्रस्ताव अघि सारेका थिए ।
रवीन्द्र मिश्रले पार्टी फुटाए, अब निर्वाचन आयोगमा भेट हुन्छ : मिलन पाण्डे
विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए ।
‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, बधाइ छ भनेर भनेको पनि छु’ उनले भने, ‘आजको निर्णयबाट उहाँले पार्टी दोस्रो पटक फुटाउनुभयो ।’
पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले बताए । ‘उहाँले बोलाउनुभएको बैठक गुटको बैठक हो, पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचन आयोगले निर्क्योल गर्छ’ पाण्डेले भने, ‘उहाँसँग बैठक बोलाउने कुनै अधिकार छैन ।’
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन