काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन वटा भएको र अझै चार वटा हुने खतरा रहेको बताएका छन् ।
बिहीबार चितवनको माडीस्थित हनुमानझुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले नै पहल गरेर बामगठबन्धन हुँदै नेकपा निर्माण गरेको तर, त्यो अप्राकृतिक तरिकाले विभाजन भएको बताए ।
‘मेरै प्रस्तावमा वाम गठबन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गएका थियौं । एक अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर मैले पहिल्यै प्रतिबद्धता जनाएको थिएँ । त्यसबेला ओलीजीलाई ल्याएर माडीलाई मणी बनाउने भनेका थियौं.’ प्रचण्डले भने, ‘तर, अहिले दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक तरिकाले, बडो अप्राकृतिक तरिकाले दुइटा भयो । अहिले तीन वटा भएको छ । अझै चारवटा हुनसक्ने खतरा छ । बडो बिडम्बना नै भन्नुपर्छ ।’
तर, नेकपा एकता भंग भएर बनेको एमाले, एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमध्ये कुन फुटेर अर्को पार्टी बन्दै छ ? भन्ने विषयमा भने प्रचण्डले केही ब्याख्या गरेका छैनन् ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन