पोखराको बिपी मार्गमा जुवातास खेलिरहेका सात जना नगदसहित पक्राउ

पोखराको बिपी मार्गमा जुवातास खेलिरहेका सात जना नगदसहित पक्राउ

juwa

कास्की प्रहरीले जुवातास खेलिरहेका सात जनालाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका -१४ बिपी मार्गस्थित खिल बहादुर गुरुङको डेरा कोठामा जुवा तास खेलिरहेका सात जनालाई नगदसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई अठासी हजार नौ सय पच्चिस रूपैयाँसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा गोरखा घर भइ हाल पोखरा – १४ बिपी मार्ग बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङ, पोखरा – १३ मियापाटन बस्ने २९ वर्षीय मन्सुर मियाँ, २७ वर्षीय सम्सुल दिन हक र २२ वर्षीय मोहमद आरिन मियाँ, बाग्लुङ घर भइ पोखरा -१४ बस्ने २३ वर्षीया बद्री गुरुङ, स्याङ्जा हरिनाश घर भइ पोखरा- १४ छिनेडाँडा बस्ने २१ वर्षीय रोजन मानन्धर र सिन्धुली जिल्ला दुधौली घर भइ पोखरा- १४ बस्ने वर्ष ३२ वर्षीया मुना बि.क छन्।

नियन्त्रणमा रहेका उनिहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

तस्बिर : वडा प्रहरी कार्यालय रामबजार

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ